मुख्यमन्त्री गुरुङको प्रतिक्रिया : किन उठाए मुख्यमन्त्री गुरुङले रेडलाइड एरियाको बहस ?
17-September-2018

जक्सन डटकम 
काठमाडौँ, असोज १

रेडलाइट एरिया तोक्ने विषयमा बहसको उठान गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीमाथि विभिन्न प्रतिक्रिया आएका छन् । संघीय संसददेखि गण्डकी प्रदेशको संसदसम्म विरोधमा स्वरुहरु सुनिएका छन् । किन रेडलाइट एरियाको बहस गर्नुपर्ने बताए त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ? के रेडलाइट एरियाको बहस सुरु गर्ने बेला भइसकेको हो  ? यस्तो छ मुख्यमन्त्री गुरुङको प्रतिक्रिया :

यो अहिलेको प्राथमिक एजेन्डा त हुँदै होइन । यो तत्कालै नगरे पनि प्रदेशलाई केही फरक पर्दैन । मेरा प्राथमिकता र योजना त अरु नै कति छन् कति । यो पाँच वर्षभित्र गर्नुपर्ने थुप्रै ऐजेन्डा छन् । त्यो नीति तथा कार्यक्रममा छ । अब यो रेडलाइट एरिया राख्नुपर्छ कि पर्दैन रु अबको १० वर्षपछिको विषय हुन सक्ला तर अहिले पनि यो धन्दा अव्यवस्थित रुपमा चलिरहेको छ भने बहसको थालनी हुनुपर्छ भनेको हुँ ।

मैले चीनको उदाहरण दिएको थिएँ । चीन कम्युनिस्ट हो कि होइन रु सी जिन पिङ कम्युनिस्ट नेता हुन् कि होइनन् रु चीनमा उनीहरुले आजभन्दा १५-२० वर्ष अगाडि ठूलो छलफल चलाए, रेडलाइट एरिया तोक्नुपर्छ कि पर्दैन्, पर्छ भने कसरी गर्ने, कहाँ गर्ने भनेर । हामीले अब बहस चलाउनुपर्छ भनेको हुँ ।

यसका धेरै आइडिया छन् । एउटा पूर्णरुपमा यौनधन्दालाई प्रतिवन्द लगाउने, दोस्रो नियमन गर्ने, तेस्रो यो अपराधै हो भन्ने बताउने । कुन चाहिँ गर्दा ठिक हुन्छ भनेर छलफल गरौं भनेको हुँ । हाम्रोमा जुवा खेल्ने भनेको अनैतिक हो भनिन्छ । तर, नेपालीका घर, परिवार नबिग्रने गरी वा नेपालीलाई प्रतिवन्द्ध नै लगाएर अर्बपतिहरु यहाँ आएर खर्च गर्छन् भने हामीले क्यासिनो चलाउनुपर्छ । हामीले त्यो नगरे अरुले गर्छ ।

रेडलाइट एरिया नबनाउने हो भने प्रतिवन्द नै लगाउने, अपराध हो भने १०, १५, २० वर्ष कति वर्षको सजाय हुनु पर्ने हो त्यो व्यवस्था गर्ने भनेको हुँ । होइन भने अहिलेको पोखराकै हालत हेर्नुहोस् त । बहस सुरु गरौं भन्दा धेरै जना महिला खनिनु भएको छ । ए, हाम्रा मुख्यमन्त्रीले चेलिबेटी बेचेर कर उठाउने रे भनेर आज हल्ला गरिएको छ । मैले त्यसो भनेकै छैन । म चेलीबेटीप्रति सम्मान गर्छु । यो महिलासँगमात्रै जोडिएको विषय होइन । यो पुरुषसँग पनि जोडिएको विषय हो ।

आज ब्यश्यावृति महिलालेमात्रै गर्दैनन्, पुरुषले पनि गर्छ, तेस्रो लिगींहरु पनि होलान् । युनएनडिपीले गरेको अध्ययन अनुसार नेपालमा १ लाख पुरुष ब्यश्याहरु छन् । काठमाडौंमात्रै १५ हजार र पोखरामा त्यो संख्या ५ हजार छ भन्छ अध्ययनले । यसले समाजमा कति विखन्डन ल्याएको छ । सम्बन्ध विच्छेदका घटनाहरुसमेत यसबाट प्रभावित छ ।

समाजमा एड्स र क्यान्सर रोगजस्तै भएर यो कुरा आइसक्यो भने अब समाजलाई ग्रस्त गराउने कि बहसको थालनी गर्ने, व्यवस्थित गराउने ? खुला दिलले बहस गरौं भनेको हुँ ।

सोत्र : मेरो समय

Write a Comment

Events
Random Picks