कैलाली तनावग्रस्त, आक्रोशित भीडद्वारा सभासद चौधरीको घरमा आगजनी
25-August-2015

रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम र फूलबारी रिसोर्टलगायतमा आगजनी

सोमबारको घटनाबाट आक्रोशित भएका  िटकापुरका पहाडी समुदायका स्थानीयले  सभासद जनक चौधरीको घरमा आगजनी गरेका छन्।

कैलाली क्षेत्र नम्बर १ का सभासद्  चौधरीको घरमा आन्दोलनकारीले लगाएको आगो सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। टीकापुरको ब्लक नम्बर ६ मा रहेको चौधरीको घरमा कर्फ्यूबीच पनि प्रदर्शन गर्दै आएको समूहले आगजनी गरेका हुन्।

यस्तै थरुहट संघर्ष समितिका अगुवा रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम र फूलबारी रिसोर्टलगायत बजारमा रहेका २ वटा घुम्ती पसलमा पनि आगजनी गरेका छन्। यस्तै  धनसिंहपुर ४ र टीकापुरको बनगाउँमा केही घरहरु जलाइएको छ ।

कर्फयू अवज्ञा गर्दै आक्रोशित भीडले बिहान साढे १० बजेतिर विभिन्न ठाउँमा आगजनी गरेका हुन्।

यसैबीच आगजनीमा संलग्न समूहलाई भगाउन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । 

Write a Comment

Events
Random Picks