टिकापुर घटनामा संलग्न भएको आशंकामा ४ पक्राउ
25-August-2015

भाद्र ८, २०७२- सोमबार टिकापुरमा भएको झडपमा परि मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने लगायत अन्य सबै प्रहरीको शवलाई हेलिकप्टरबाट आफन्तलाई बुझाउने कार्य भइरहेको छ ।


सोही अनुरुप एसएसपी न्यौपानेको शवलाई काठमाडौं लगि सकिएको छ भने निरिक्षक बलराम विष्टको झलारी, कञ्चनपुर र केशव बोहोराको बेलौरी र र जवान लोकेन्द्र चन्दको बैतडी लैजाने तयारी गरिएको छ । सबैको शवलाई अहिले अञ्चल प्रहरी कार्यालयको प्रांगणमा राखिएको छ । यस्तै हवल्दार लक्ष्मण खड्काको शवलाई भने गाडीबाटै अत्तरीया लगिएको छ ।

सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी रामकुमार खनालका अनुसार हिजो भएको घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । उक्त घटनामा नेपाल प्रहरीकाे एसएसपी र एक बालक सहित ८ जनाकाे ज्यान गएकाे थियाे ।

 

 

 

 

Events
Random Picks