कैलाली घटना थारुहरुले होइन, अरुले नै घटाएको घटना हो : एमाओवादी नेता शर्मा
28-August-2015

काठमाण्डु, ११ भदौ । एकीकृत माओवादी नेता तथा सभासद् जनार्दन शर्माले विदेशीको इशारामा नचल्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गरेका छन् ।

 नयाँ संविधानको परिमार्जित मस्यौदामाथिको छलफलका क्रममा शुक्रबार संविधानसभा बैठकमा बोल्दै उनले नेपाली जनताको भावना र चाहनाविरुद्धमा नजान नेताहरुलाई आग्रह गरे ।
 
शर्माले देशका विभिन्न जाति, क्षेत्र र पिछडिएको समुदायले आफ्नो अधिकारका लागि आवाज उठाइरहेको भन्दै त्यसलाई सम्बोधन गर्न नेतृत्वपंक्ति गम्भीर हुनुपर्ने औंल्याए ।
 
उनले कैलालीको टीकापुर घटना निन्दनीय भए पनि हत्यामा थारुहरु सहभागी नभएको दाबी गरे । ‘टीकापुरमा भएको घटना निन्दनीय छ’, शर्माले भने, ‘त्यो थारुहरुले होइन, अरुले नै घटाएको घटना हो ।’

Write a Comment