सोलुखुम्बुलाई शेर्पा प्रदेश बनाउन माग
14-September-2015

नेपाल एयरलाइन्सको टुइनअटर बिमानमा पेट्रोल बम प्रहार गर्ने प्रयास

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुलाई शेर्पा प्रदेश बनाउन माग त्याहाका स्थानियले माग गरेका छन् । हालसम्म बन्द हड्ताल नभएको पर्यटकीय जिल्ला सोलुखुम्बुमा शेर्पाहरुले आइतबार प्रदेशको माग गर्दै पहिलो पटक बन्द गराएका थिए।  आइतबार बिहानैदेखि बौद्ध धर्मावलम्बी, शेर्पा समुदाय आफ्नो भेषमा सडकमा उत्रिएका थिए ।

बन्दका कारण सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु बिमानस्थलमा अबतरण गरिएको नेपाल एयरलाइन्सको टुइनअटर बिमानमा पेट्रोल बम प्रहार गर्ने प्रयास गरेका थिए। बिमानस्थल नजिकै रहेको सडकमा नाराबाजी गर्न थाले पनि प्रहरी निरीक्षक कुन्दन देबको कमाण्डमा नेपाल प्रहरी खटिएको थियो। 

Write a Comment

Events
Random Picks