‘प्रदेश सरकारको औचित्य माथी प्रश्न’
7-January-2019

जक्सन डटकम
पोखरा, पुष २३

गण्डकी प्रदेश सभाको हिँउदे अधिवेसन आज २३ पुषदेखि शुरु भएको छ । 

गण्डकी प्रदेश सभा गठन भएपछिको यो अधिवेसन तेस्रो हो । अधिवेसनमा गण्डकी प्रदेश सरकारले विभिन्न विधेयक टेवल गर्ने जनाएको छ । 

अधिवेसनमा बोल्दै नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारको औचित्य पुष्टी हुनेका आशंका व्यक्त गरे । ‘हामी जहाँ जान्छौँ, मान्छेहरु यो संघीयता चाहिँदैन, बोझ भयो भन्छन्, अधिकारीले भने, प्रदेश सरकारको औचित्य पुष्टि हुन्न कि भन्ने सुन्छु ।’

नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकार कमजोर भएको बताए । ‘मुलुकले स्थिरता पाउँछ भन्ने सोचेका थियौँ, उनले भने, तर सुन तस्कर घुमेको घुम्यै छ, किन यति कमजोर भयो सरकार ?’ नेपालीले सरकारको नियतमा जनताले शंका गर्न थालेको दाबी गरे । 

बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका साँसद कृष्ण थापाले संघीयताकै कारण मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बताए । यस्तै, नयाँ शक्ती पार्टीका साँसद हरिशरण आचार्यले सरकार असफल भए प्रतिपक्षको कारण नभई सत्तापक्षकै कारण हुने बताए । 

अधिवेसनको पहिलो दिन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका साँसदहरुले बालेपछि बैठक स्थगित भएको थियो । आजै बसेको प्रदेश सभाको दोस्रो बैठकले २६ मंसिरमा उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएका प्रदेश सभा सदस्य प्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट बाग्लुङबाट निर्वाचित साँसद टेकबहादुर घर्ती मगर कलेजो सम्बन्धी रोगका कारण उपचारकै क्रममा निधन भएको थियो । 

 

Write a Comment

Events
Random Picks