विगत भन्दा उन्नत र फराकिलो लोकतन्त्र आएको छ : प्रम ओली
11-February-2019


जक्सन डटकम
काठमाडौँ, माघ २८

विगतमा भन्दा उन्नत र फराकिलो लोकतन्त्र आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भ्रम फैलाउनेसंग सजग रहन अनुरोध गर्नु भएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उहाँले सबैलाई सजग रहन अनुरोध गर्नुभएको हो ।

अहिले देशमा विभिन्न क्षेत्रमा त्रासको अवस्था श्रृजना गर्ने खर देशको विकासमा अवरोध खडा गर्ने शक्ति सक्रिय रहेको बताउनु भयो । प्रधानमन्त्रीओलीले विकासको लागि यो सरकार नभए अर्को सरकार गठन गर्ने र नयाँ व्यवस्थाको निर्माण गर्ने बताउदैँ जनतामा अन्योल सिर्जना गर्ने काम भईरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले विगतको भन्दा उन्नत र फराकिलो लोकतन्त्रमा आएको भन्दै अहिलेको लोकतन्त्रले नयाँ बाटो खोजेर नयाँ युगमा नेपाललाई प्रवेश गराएको र अहिले लोकतान्त्रिक अभ्यास अनुसार देश अगाडि बढ्न थालेको बताउनुभयो ।

 

Write a Comment