भारतविरुद्ध फेसबुक र ट्वीटरमा #BackOffIndia वर्ल्डवाइड ट्रेन्डिङ
22-September-2015

आस्विन ५, काठमाडौं : नयाँ संविधान जारी भए लगत्तै भारतले नेपालप्रति देखाएको व्यवहार र प्रतिक्रियालाई लिएर सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा व्यापक आलोचना भएको छ ।

ट्वीटर प्रयोगकर्ताहरुले छिमेकी मुलुकमा संविधान बन्दा भारतले देखाएको व्यवहार र प्रतिक्रियाको कडा निन्दा गरेका छन् । आइतबार नयाँ संविधान जारी भएको २४ घण्टा नबित्दै भारतले दुईवटा विज्ञप्ती निकालेर आक्रोश पोखेपछि सामाजिक सञ्जालका प्रयोगकर्ता भारतविरुद्ध खन्निएका हुन् ।

भारतले सोमबार राति नाकाबन्दी समेत गर्ने धम्कीपूर्ण भाषाको विज्ञप्ती निकालेपछि विश्वकै दोस्रो लोकप्रिय सामाजिक ट्वीटरको #BackOffIndia ट्रेन्डिङ एक दिनमै विश्वव्यापी भएको छ ।

यो ह्यासट्यागसहित भारतविरुद्ध आक्रोश पोख्दै सोमबार रातिबाट भारतविरुद्ध शुरु भएको ट्वीट मंगलबार मध्यान्हसम्ममा विश्वभर प्रयोग भइरहको छ । ट्वीटरको ट्रेन्डिङमा #BackOffIndia मंगलबार दिउँसो एक नम्बरमा आइसकेको छ।

तराई मधेसको बहानामा नेपालमाथि नाकाबन्दी लाउन सक्ने आशयकको धम्कीसहितको विज्ञप्ती भारतले निकालेपछि अहिले #BackOffIndia ट्रेन्डिङमार्फ अन्य देशका नागरिकले पनि भारतविरद्ध आक्रोश पोख्न थालेका छन् ।

यो ट्रेन्डिङबाट नेपाल, पाकिस्ता, फिलिपिन्स, अमेरिका, अस्ट्रेलिया, फिन्ल्यान्ड र टर्कीबाटसमेत ट्वीट भइरहेको छ ।

Write a Comment

Events
Random Picks