भारतको प्रतिवाद गर्छौ, झुक्ने छैनौ : प्रचण्ड
22-September-2015

काठमाडौं, असोज ५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतले नाकाबन्दी गरेपनि सामाना गर्ने तर नझुक्ने बताएका छन् ।

एमाओवादी नेता गोपाल किरातीको पुस्तकको मंगलबार राजधानीमा विमोचन गर्दै दाहालले नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भने एकजुट भएर सामाना गर्ने तर स्वाभिमान झुक्न नदिने बताए ।

‘भारतसँग असमझदारी बढाउने वा द्धन्द्ध गर्ने पक्षमा आफूहरु नरहेको’ भन्दै उनले भने–‘हाम्रो स्वाभिमान र आत्मसम्मानमा प्रहार हुन्छ भने त्यसको प्रतिवाद गर्न तयार छौं ।’

सोही कार्यक्रममा सहभागी भारतीय वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले ‘नेपाल जस्तो छिमेकीलाई नाकाबन्दी गर्ने धम्की दिनु भारतका लागि लज्जाको विषय हो’ भने ।

Events
Random Picks