विप्लव नेकपाका भोजपुरा इन्चार्ज चौरसिया पक्राउ
26-March-2019


वीरगञ्ज, चैत १२

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भोजपुरा इन्चार्ज वीरगञ्जबाट पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१९ वर्वाटोल घर भएका विगाप्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार साँझ साढे ६ बजे उनलाई वर्वा गाउँस्थित सडकबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौरसियाबिरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

चौरसियालाई मंगलबार अदालत पेश गरिएको थियो । अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद दिएको छ । यसअघि प्रहरीले पर्साबाट पक्राउ गरेको विप्लव नेतृत्वको तीन जना नेता कार्यकर्ताहरु अहिले कारागारमा छन् ।

 

Write a Comment

Events
Random Picks