बाबुराम भट्टराईद्वारा एमाओवादी परित्यागको घोषणा
26-September-2015

९ असोज, काठमाडौं ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरेका छन् ।

शनिबार दिउँसो पत्रकार सम्मेलन सम्मेलन गरेर भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेका हुन् । यससँगै बाबुराम भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको तीन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ ।

भट्टराईले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी  माओवादी अध्यक्ष प्रचण्डलाई गराएका छन् ।

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुादे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो ।

संसद सदस्यबाट पनि राजीनामा

उनले संसद सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरे । राजीनामा पत्र सभामुखलाई बुझाइसकेका छन् ।

 

source:onlinekhabar

http://www.onlinekhabar.com/2015/09/331472/

Write a Comment

Events
Random Picks