७२ हजार लिटर डिजेल नेपाल भित्रियो / सोमबार विजोर नम्बरको सवारी साधनलाई मात्र ईन्धन दिइने
27-September-2015

असोज १० / भारतले अघोषित नाकाबन्दी सुरू गरे पछि पहिलो पटक जमुनाहा नेपालगन्ज नाका हुँदै ६ ट्यांकर अर्थात ७२ हजार लिटर डिजल नेपाल भित्रिएको छ। आइतबार दिउँसो डिजल बोकेका ६ ट्यांकर भारतबाट नेपाल प्रवेश गरेका हुन्। भारतीय भन्सार कार्यालयबाट सबै कानुनी प्रकृया पुरा गरेर नेपाल प्रवेश गर्ने क्रममा रहेका ती ६ ट्यांकरलाई  तीन दिन पहिले रुपैडियास्थित भारतीय सीमा सुरक्षाबलले रोकेका थिए।

तीन दिन पहिले भन्सार किलिरेन्स भएर रोकिएका ट्यांकर मात्रै नेपाल भित्रिएका हुन्। भन्सारमा रोकिएका १२ वटा पेट्रोल, २९ वटा डिजेल र ४ वटा हवाई इन्धन तथा २३ वटा खाना पकाउने ग्यासका बुलेटहरू भने अझै रुपैडियामा रोकिएका छन्। तीन दिनदेखि रोकिएका ती गाडीको अझै भन्सार क्लियरेन्स भएको छैन।

नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएका कारण सकेसम्म कम इन्धनको प्रयोग गर्न र बढी स्टक नगर्न आयल निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

यसैगरी अत्यावश्यक सवारीका साधन, दुध र पानीका टेंकर, सरसफाईका गाडीहरू, शवबाहन, दमकल,सुरक्षा निकायका साधनलाई भने जोर विजोर लागू हुनेछैन।  बैठकको निर्णय अनुसार अनुसार सोमबार विजोर नम्बरको सवारी साधनलाई मात्र ईन्धन दिने छ।

Write a Comment

Events
Random Picks