भारतले हप्काउँदा हामीलाई हर्ट भयोः प्रचण्ड
28-September-2015

काठमाण्डु, १० असोज– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको अपमानले आफूहरु निक्कै दुखी भएको बताएका छन् ।

आइतबार शु्रु भएको पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतको रुपमा केही दिनअघि नेपाल आएका भारतीय विदेश सचिव एस जय शंकरले कुटनीतिक मर्यादा नाघेर आफूहरुसँग प्रस्तुत भएको बताए ।

उनले आफूसँगै तत्कालीन वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच विदेश सचिव अमर्यादित ढंगले प्रस्तुत भएर संविधान निर्माण प्रक्रिया रोक्न दवाव दिएको बताए ।

‘दुइ जना पूर्व प्रधानमन्त्री र पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका नेताहरुमाथि जय शंकरले दिएको अभिव्यक्ति आपत्तिजनक थियो ।’ प्रचण्डले भने, ‘हामीले पाहुनाको सम्मान नगरेको भए बैठक छोडेर हिँड्ने अवस्था आउँथ्यो ।’

उनले सहसचिव स्तरको कर्मचारीले देखाएको व्यहारको खुल्लामञ्चबाट नम्र भाषामा जवाफ दिएको बताए । उनले सार्वभौम जनता र देशलाई सारै हट भएर खुल्ला मञ्चबाट भारतको असल मित्र मात्र बन्न चाहेकाले बाध्य भएर एस म्यान हुन चाहन्नौ भन्ने सन्देश दिएको स्पष्ट पारे ।
उनले भने, ‘हामीलाई भारतले हप्काउन मिल्ने हामीले यति भन्न हुँदैन ?’

अध्यक्ष प्रचण्डले जय शंकरले विश्वले मानेपनि भारतले मधेसवादी दलहरुको समर्थन बिनाको संविधान नमान्ने चेतावनी दिएको बताए ।
‘हामीले भारतमा सेल्टर नदिएको भए राजतन्त्र र गणतन्त्र आउँदैन थियो ।’ जय शंकरको भनाई उध्रित गर्दै प्रचण्डले बैठकमा भने, ‘तपाईहरु अहिले यो हैसियतमा आउनु हुँदैन थियो, हामीले भनेको नमान्ने ?’

जवाफमा तीन दलले विधि र प्रक्रियाबाट संविधान जारी गर्न लागेकाले रोक्न नसक्ने जवाफ दिएको प्रचण्डले बताए । उनले भारतले कुटनीतिक मर्यादा नाघेर देखाएको व्यवहारले तीन दलले संविधान निर्माण प्रक्रियालाई निरन्तर अघि बढाएर सफल बनाएको बताए ।

Write a Comment

Events
Random Picks