पोखरामा पनि भारतीय टिभी च्यानल बन्द
28-September-2015

पोखरा ११ असोज /  भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको बिरोधमा पोखरामा पनि भारतीय च्यानलको प्रशारणमा रोक लागाईएको छ । सोमवार साँझदेखि पोखराका केवुल टिभीहरुले भारतीय च्यानल बन्द गरेका हुन् ।

यसअघि भारतको बिरोधमा चितवन लगायत बिभिन्न स्थानमा पनि भारतीय टिभी च्यानलको साथै भारतीय चलचित्र प्रशारण, प्रदर्शनमा रोक लगाईएको थियो । पोखराका केवल टिभी अन्तर्गत जडान गरिएका स्थानमा सोमवार साझदेखि भारतीय कुनैपनि टिभी च्यानल देख्न सकिने छैन ।

पोखराका स्थानिय टिभी च्यानल र अन्य नेपाली च्यानल बाहेक अब टेलिभिजन च्यानलमा भारतीय कुनैपनि च्यानल हेर्न नसकिने केवल टिभी सञ्चालकहरुले जानकारी दिएका छन् ।