सरकारद्वारा राप्रपालाई वार्ता आह्वान
21-April-2019

सरकारद्वारा राप्रपालाई वार्ता आह्वान

 

काठमाडौँ — सरकारले हिन्दु राष्ट्र कायम, पूर्वराजासहितको गोलमेच सम्मेलनलगायत २२ बुँदे माग गर्दै आन्दोलनरत राप्रपालाई वार्ताका लागि आह्वान गरेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आइतबार राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाई मंगलबार १ बजे वार्ताका लागि बोलाएका हुन् ।

सरकारले वार्ताका लागि गरेको आहवानलाई सकारात्मक रूपमा लिइएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । उनले सोमबार वार्ता टोली बनाइने जनाए ।

Write a Comment

Events
Random Picks