तेल लिन बोलाएर झुक्यायो भारतले
4-October-2015

काठमाडौं – इन्डियन आयल कर्पोरिसन (आइओसी)का उच्च पदाधिकारीले शनिबार राति पौने ११ बजे नेपाल आयल निगमका उच्च पदस्थ कर्मचारीलाई फोन गरेर भने,‘ट्यांकर पठाउनुस्, मागअनुसार पेट्रोलियम पदार्थ दिन्छौं ।’

नाकाबन्दीले मुलुकमा इन्धन संकट भइरहेका बेला आइओसीको ग्रिन सिग्नल पाउनेबित्तिकै यताबाट रित्ता ट्यांकर हुरुरु सीमापारी गए । तर, आठ घन्टा नबित्दै आइओसीको बोली फेरियो । माथिको निर्देशन भन्दै आइओसीका डिपोलो पट्रोलियम पदार्थ लोड गर्न मानेनन् ।

‘आइओसीका पदाधिकारीले आइतबार भारतीय डिपो बन्द हुने भए पनि खोलेर सिलिगुडी इलाहाबाद र रक्सौलबाट पर्याप्त तेल दिन्छौं भनेका थिए,’ निगमका प्रवक्ता दीपक बरालले भने ,‘त्यही अनुसार हामीले नेपालबाट ट्यांकर पठायौं । तर आइतबार बिहान ८ बजे आइओसीले ट्यांकरमा लोड गर्न नदिएको जानकारी आयो ।’ आजको नागरिक दैनिकमा खबर छ ।