पेट्रोलियम पदार्थ बोकेका टयाङ्करसहित ६०० गाडी गन्तव्यतर्फ
6-October-2015

सुरक्षाकर्मीले ट्याङ्कर, मालबाहक ट्रक र बसलगायतका करिब ६०० गाडीलाई सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पु¥याएका छन्। 
 
विराटनगरस्थित रानी भन्सारमा रहेका ७९ वटा गाडीसहित २९३ वटा गाडीलाई मोरङ जिल्ला कटाएर गन्तव्यसम्म पु¥याउन सुनसरीको सुरक्षाकर्मीको जिम्मामा दिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 
 
विराटनगर भन्सारका ७९ वटा गाडीमध्येबाट डिजेल बोकेका १४ वटा ट्याङ्कर, पेट्रोल बोकेका ११ वटा ट्याङ्कर र दुईवटा ग्यास बुलेटलगायतका मालबाहक गाडी रहेको प्रहरी नायवउपरीक्षक प्रमोद खरेलले बताए। ती गाडी सोमबार विराटनगर भन्सारको परिसरमा प्रवेश गरेका थिए। 
 
यसका साथै, सुनसरीका सुरक्षाकर्मीले सुरक्षा घेरामा जिल्लाको सीमावर्ती क्षेत्रमा ल्याएका अन्य २९७ वटा बस र मालबाहक गाडीलाई मोरङका प्रहरीले सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पु¥याएका छन्। रासस

Events
Random Picks