पाँचथर हत्याकाण्डको सत्य तथ्य छिट्टै ल्याउँछौं : गृहमन्त्री थापा
22-May-2019


काठमाडौं, जेठ ८ 

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै थापाले घटना घटाउने व्यक्तिको खोजतलास भइरहेको र प्रहरीलाई हत्याकाण्डको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्न निर्देशन दिइसकेको जानकारी दिए ।‘घटना दुखद, विभत्स प्रकृतिको छ, यस किसिमका घटना रोक्न प्रहरी र गृहबाट सक्दो प्रयत्न गरिरहेका छौं’ उनले भने ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र प्रदेश १ प्रहरी कार्यालयबाट एसएसपी नेतृत्वको टोली घटनास्थल पुगेको छ । सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए ।

गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । सो नांै जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दुरीमा ज्वाई मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

Write a Comment

Events
Random Picks