कांग्रेसविनै ओलीलाई बहुमत
6-October-2015

काठमाडौं, असोज २० / नेपाली कांग्रेस, र यसका सभापति सुशील कोइराला एमाले अध्यक्ष केपी ओलीलाई समर्थन दिन तयार नरहेको स्पष्ट भएपछि एमाले कांग्रेसविनै संसदमा बहुमत हासिल गर्ने तयारीमा जुटेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
 
यद्यपि अन्तिम समयसम्म पनि कांग्रेस, एमाओवादीलगायतका धेरै दलहरु मिलेर सरकार बनाउने पक्षमा  एमाले रहेको एक नेताले बताए । विगतमा भएको भद्र सहमतिमा कांग्रेस नआएपछि एमालेले सरकार गठनको गृहकार्य शुरु गरेको हो ।
 

Write a Comment