सिंहदरबारको क्यान्टिनमा पनि भारतीय आँखा
9-October-2015

काठमाडौं – नेपालको राजनीतिमा भारतीय हस्तक्षेप नायँ कुरा रहेन । उसले नेपालका सानाभन्दा साना कुरामा पनि हस्तक्षेप गर्ने कुरा कसैबाट छिपेको छैन । जसको पछिल्लो उदाहरण र दृष्टान्त भएको सिंहदरबारभित्र रहेको संसद् सचिवालयको क्यान्टिन् ।

रोचक र आश्चर्यको कुरा के छ भने सिंहदरबार भित्र रहेको संसद् सचिवालयको क्यान्टिनमा समेत चलखेल गरेर टेन्डर हत्याउने अभियानमा भारतीय पक्ष लागेको छ । स्रोतका अनुसार भारतले आफ्नो दूतावासमार्फत सो क्यान्टिन सञ्चालन आफ्ना नागरिकलाई दिन दबाब दिएको छ । संसद् सचिवालयमा क्यान्टिन सञ्चालनका लागि चार कम्पनीले टेन्डर भरेका छन् । जसमा अल्फा हाउस प्रालि, किग्स बर्गर प्रालि , साइनो रेस्टुरेन्ट एन्ड र रिजेस्सी ब्याङक्विट रहेका छन् । भारतीय नागरिक गोपाल जोगईको रिजेन्सी व्याङक्वैटलाई क्यान्टिन सञ्चालन गर्न दिनुपर्छ भन्दै भारतीय दूवासले दबाब दिएको र त्यसका लागि संसद् सचिवालयका कर्मचारी हिमाल सुवेदी र आनन्द अधिकारी रिजेन्सी व्याङक्विटको पक्षमा लबिङ गर्दै हिँडेको संसदसचिवालयकै एक कर्मचारीले बताएको खबर आजको जनआह्वान साप्ताहिकमा छ ।

संसद्को क्यान्टिन व्यवस्थापन समितिलाई समेत छक्याएर सुवेदी र अधिकारीले भारतीयहरुलाई क्यान्टिन सञ्चालन गर्न चलखेल गरेको बताइन्छ । रिजेन्सी व्याङक्विट डिस्क्वालिफाइड समेत भएको स्रोतले बतायो । अरुलाई नदिएर उसैलाई टेन्डर स्वीकृत गराउन भएको चलखेलले संसद् सचिवालयका कर्मचारीले समेत जिब्रो टोक्न थालेका छन् । चलखेलमा संलग्न सुवेदी र अधिकारीलाई यसबारेमा पटकपटक सम्पर्क राख्दा समेत फोन रिसिभ गरेनन् ।

Write a Comment

Events
Random Picks