केही दिनमै इन्धनअभाव समाधान हुन्छः प्रधानमन्त्री ओली
12-October-2015

काठमाडौं, असोज २५ / प्रधानमन्त्री केपी ओलीले इन्धन अभाव केही दिनमै समाधान हुने बताएका छन्। आन्दोलनरत दलहरू प्रक्रियामा आइसकेको र बाँकी समस्यालाई तत्काल समाधान गरिने उनले बताए। सिंहदरबारमा पदभार ग्रहण लगत्तै बोल्दै ओलीले केही दिनमै मुलुकमा व्याप्त इन्धन अभावको समस्या समाधान हुने बताएका हुन्।  

ओलीले आफ्नो नेतृत्वको सरकार नयाँ ढंगले अघि बढ्ने बताएका छन्। उनले आफ्नो सरकारलाई परम्परागत सरकारको रुपमा नलिन समेत सबैलाई आग्रह गरेका छन्।
 
प्रधानमन्त्री ओलीले मधेसको समस्या वार्ताबाटै समाधान हुने बताउँदै मधेस केन्द्रीय दलहरु संविधान स्वीकार गरेर प्रधानमन्त्री निर्वाचनमा आइसकेको भन्दै उनले छिट्टै समस्याको समाधान हुनेमा ढुक्क हुन आग्रह गरे।

Write a Comment

Events
Random Picks