अफगानी राष्ट्रपतिद्वारा निर्वाचन प्रचार प्रसार सुरु
28-July-2019


जक्सन डटकम
काबुल, साउन १२

अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचार प्रसार अभियान सुरु गर्नुभएको छ ।

युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो ।  

राष्ट्रपति निर्वाचनका लागि घानीसहित कूल १८ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् ।  

आइतबारदेखि सुरु भएको प्रचार प्रसार अभियान झण्डै दुई महिना चलेर सेप्टेम्बर २५ तारिखका दिन अन्त्य हुनेछ । 

निर्वाचन आयोगले एक वक्तव्य जारी गरेर मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिसम्म मात्रै प्रचार प्रसार गर्न पाइने जनाएको छ । 

घानीले मुख्य प्रतिस्पर्धा अफगान गुप्तचर निकायका पूर्व प्रमुख रहमातुल्लाह नबिलसँग गर्नु पर्ने देखिएको छ । नबिल पनि राष्ट्रपति पदका लागि सशक्त उम्मेदबार हुनुहुन्छ । 

निर्वाचनमा बहालवाला राष्ट्रपति घानीले सरकारी स्रोत साधनको दुरुप्रयोग गर्ने विषयलाई पनि ध्यान दिएर हेरिएको समाचारमा जनाइएको छ । 

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि आउँदो सेप्टेम्बर २८ तारिखका दिन मतदान हुने तय भइसकेको छ । -रासस/सिन्ह्वा

Write a Comment

Events