चार देशका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र
12-August-2019

काठमाडौं, २७ साउन

राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष बिभिन्न चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

नेपालका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहबीच आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । प्रमाणपत्र पेश गर्नेहरुमा रसियाका आवासीय राजदूत एलेक्सी ए नोविकोभ, लक्जेम्वर्गका गैरआवासीय राजदूत जेन क्लाउड कगनेर, गणतन्त्र लिथुआनियाका गैरआवासीय जुलियस प्राणिभिकस र कुवेतका गैरआवासीय राजदूत जसेम इब्राहिम जे.एम.अल्नाजेम रहेका छन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत उच्च पदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Write a Comment

Events
Random Picks