छिन्नभिन्न भयो थारु आन्दोलन
28-October-2015

दाङ, १२ कात्तिक– नयाँ सरकार गठनसँगै थरुहट आन्दोलनमा विवाद बढेको छ । थरुहट प्रदेशमा माग गर्दै एकीकृत आन्दोलन गरेका थारु नेताहरू अहिले विपरीत ध्रुवमा देखिएका छन् ।

आन्दोलन नेतृत्व गरिरहेका केही नेता सरकारमै सहभागी भएपछि अहिले थरुहट आन्दोलनभित्र ‘निषेध’ को राजनीति सुरु भइसकेकोे छ ।सरकार विरोधी थारु नेताले सरकार समर्थितलाई आन्दोलनको जिम्मेवारी नदिने निर्णय नै गरिसकेका छन् ।

थरुहट आन्दोलनलाई समर्थन गर्ने भन्दै आश्वासन दिएको फोरम लोकतान्त्रिक अन्ततः यो मुद्दाबाट अलग्गिएर सरकारमा सहभागी भएपछि थरुहट आन्दोलन छिन्नभिन्न हुन लागेको हो ।

थरुहट आन्दोलनका नेतृत्व गरिरहेका फोरम लोकतान्त्रिकका नेताद्वय रामजनम चौधरी र योगेन्द्र चौधरी अहिले सरकारको समर्थनमा पुगेका छन् । रामजनम थारु आन्दोलनका लागि बनाइएका संघर्ष समितिका संयोजक थिए भने योगेन्द्र चौधरी समग्र थरुहट आन्दोलनको नेतृत्वकर्ता हुन् ।

–नागरिक दैनिकबाट

Write a Comment

Events
Random Picks