एमालेले चार मन्त्री छान्यो, भीम रावल उपप्रधानमन्त्री
5-November-2015

१९ कात्तिक, काठमाडौं ।

नेकपा एमालेले बिहीबार सरकारमा जाने चार मन्त्रीको नाम टुङ्गो लगाएको छ । अपराहृन ४ बजे सपथको तयारी छ ।

uml minister/ jukson.com

एमालेले उपप्रधानमन्त्रीमा भीम रावललाई पठाउँदैछ । अर्थमन्त्रीमा विष्णु पौडेलको नाम टुङ्गो लागेको छ । शेरधन राई र आनन्द पोखरेल पनि मन्त्री हुने पक्का भएको बालुवाटार स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मन्त्री बन्न प्रस्ताव गरेका छन् । तर, उनले सरकारमा नजाने जवाफी दिएकी छन् ।

source:onlinekhabar

Events
Random Picks