पढाउन छाडेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही हुने
11-November-2015

काठमाडौं, २६ कात्तिक– शिक्षा मन्त्रालयले मधेस आन्दोलनमा सहभागी शिक्षकलाई विभागीय कारबाही गर्न प्रक्रिया अघि बढाउने भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले हालै प्रतिवेदन सार्वजनिक गर्दै आन्दोलनमा सहभागी शिक्षकलाई विभागीय कारबाही गर्न सिफारिस गरेपछि मन्त्रालयले प्रक्रिया अघि बढाउने जनाएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले आयोगको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयले प्रक्रिया तत्काल सुरु गर्ने जानकारी दिए । आयोगले सामुदायिक विद्यालयका शिक्षक मधेस आन्दोलनमा गएकोले पठनपाठन हुन नसकेको औल्याएको छ । आयोगको सिफारिसमा भनिएको छ , ‘आन्दोलनरत जिल्लाका विद्यालयहरु तत्काल सञ्चालन गर्ने र आन्दोलनमा सक्रिय शिक्षकहरुलाई विभागीय कारबाही अगाडि बढाई सो को जानकारी आयोगलाई दिने । ’
–कान्तिपुर दैनिकबाट

Events
Random Picks