प्रधानमन्त्रीले साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने
15-November-2015

२९ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशबासीका नाममा औपचारिक सम्बोधन गर्ने भएका छन् । मुलुकले भोगिरहेको अघोषित नाकाबन्दीपछिको संकट र अन्तर्राष्ट्रिय चासोलाई समेत ओलीले आफ्नो सम्बोधनमार्फत सन्देश दिने भएका छन् ।

PM-KP oli / Jukson.com

प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र र पार्टीका बरिष्ठ नेताहरुसँगको परामर्शपछि ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिए ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । पछिल्लो पटक बेलायत र भारतका प्रधानमन्त्रीले संयुक्त वक्तव्यमार्फत नेपाललाई दिएको सन्देशलाई समेत ओलीले आफ्नो सम्बोधनमार्फत कुटनीतिक जवाफ दिने स्रोतले जनाएको छ ।

ओलीले जनतालाई आफ्नो सरकारका तत्कालिन र दिर्घकालिन योजनाबारे समेत जानकारी गराउनेछन् ।

 

source:onlinekhabar

Events
Random Picks