गोरखामा विप्लवका कार्यकर्ता पक्राउ
8-November-2019


गोरखा, २२ कात्तिक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका वाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारी पक्राउ परेका छन् ।

३१ बर्षका उनलाई शुक्रबार विहान गोरखा नगरपालिकाको मझुवा देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सार्वजनिक हितविरुद्धको अपराधमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी मित्रवन्धु शर्माले बताए ।

वाग्लुङ घर भएका भण्डारीलाई यसअघि म्याग्दीमा पनि प्रहरीले पक्राउ गरेको थियो ।

Write a Comment

Events