वडा न. १७ मा कांग्रेसको प्रचार कार्यालयको उद्घाटन
11-November-2019


जक्सन डटकम
पोखरा २५ कार्तिक 
नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार–प्रसार कार्यक्रम अन्र्तगत पोखरा १७ मा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।संविधानसभा सदस्य राजु थापाले चुनावी प्रचार–प्रसार कार्यालयको उद्घाटन गर्नुभएको हो । सोहि सभालाई सम्बोधन गर्दे प्रमुख अतिथी थापाले कांगे्रसको तर्फबाट उम्मेदवार बन्नुभएका खेमराज पौडेलले विपिकै पालामा पञ्चायत ढाल्नका लागि महत्वपूर्ण योगदान दिएको हुँदा नै आफ्नो पुस्ताले संविधानसभा सदस्य बन्ने स्वर्णिम अबसर प्राप्त गरेको बताउनुभयो ।


उहाँ लगायत तत्कालिन समयमा आन्दोलनमा होमिएर योगदान पु¥याउनुभएका अग्रज गुरुहरुको गुण तिर्ने जिम्मेवारी युवाको काँधमा आएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसले चुनाव जित्दैमा सरकार परिवर्तन नहुने तर कडा प्रतिपक्षिको रुपमा उभिनका लागि सहयोग मिल्ने थापाले बताउँनुभयो ।बर्तमान सरकारले संसदको गरिमा झुक्ने काम गरिरहेको बेलामा पौडेल जस्ता निष्ठावान नेतालाई संसदमा उभ्याउँदा संसदको गरिमा बढ्ने उहाँको भनाई थियो । बर्तमान सरकार काण्डै काण्डमा मुछिएको हुँदा यस पटक कास्की क्षेत्र नं २ को निर्वाचनमा जनताहरुले कांग्रेसलाई मतदान गर्न आवश्यक रहेको बताउनुभयो ।

वडा नं १७ को जिम्मेवारी समेत सम्हाल्नुभएका नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण केसीले कांग्रेस गणतन्त्र, प्रजातन्त्र र सम्पूर्ण राजनैतिक पार्टीको अविभावक भएका कारण पनि यसले आफ्नो लागि मात्र सोचेर नपुग्ने भन्दैै माओवादीलाई जंगलबाट सिंहदरबार सम्मको यात्रामा ल्याउन कांग्रेसले खेलेको उल्लेखनिय भूमिका ज्वलन्त उदाहरणको रुपमा रहेको बताउनुभयो ।
सभापती देवराज आचार्यले निर्वाचन क्षेत्रका जनताले कम्युनिष्टलाई जिताएर उनीहरुको परिणाम भोगिसकेका हुँदा यस पटक रुखलाई जिताउनका लागि माहोल सृजना भएको बताउनुभयो । यो निर्वाचनमा जुटेर लाग्नका लागी समेत उहाँले सबैलाई आव्हान गर्नुभएको छ ।


नेपाली कांग्रेस पर्वतका सांसद लालकाजी गुरुङ्गले पोखरा १७ मा बिभिन्न जिल्लाबाट आएर बसोबास गर्नेहरुको संख्या बढि भएकाले पनि पर्बत, स्याङ्गजा र अन्य जिल्लाका जनतालाई नेपाली कांग्रेसलाई बिजयी गराउन आव्हान गर्नुभयो ।सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सहसचिव रंगिला आचार्य, वडाका उपसभापती दिपेन्द्र बराल लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन सहसचिव बिनम गुरुङ्गले गर्नुभएको थियो । सोहि कार्यक्रममा सभापती देवराज आचार्यको संयोजकत्वमा निर्वाचन सफल बनाउनका लागि ५ सय ५१ सदस्यीय निर्वाचन उपसमिति समेत गठन गरिएको छ ।

Write a Comment

Events