पोखरेली मतदाताको भरोसा टुट्न दिन्न : रजनी केसी
13-November-2019


जक्सन डटकम
पोखरा, २७ कात्तिक

साझा पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ की उम्मेदवार रजनी केसीले आफूले पोखरेलीहरुको भरोसा टुट्न नदिने बताएकी छन् ।

चुनावी घरदैलो अभियानका क्रममा बुधबार पोखरा महानगरपालिकाको वडा नं९ का मतदातासँग भेट्दै केसीले आफूले सांसद पदको गरिमा बुझेको र त्यो गरिमा कायम राख्न नागरिकको भरोसा टुट्न नदिनेमा आफू प्रतिबद्ध रहेको बताइन। घरदैलोका क्रममा पोखराका मतदाता एकदमै सचेत पाएको भन्दै केसीले यसपटकको उपनिर्वाचनमा ब्यालेट बक्स आफ्नो चुनाव चिन्ह तराजुले भरिने दाबी गरिन।

घरदैलोका क्रममा नागरिकहरु परम्परागत राजनीतिक दलहरुबाट आजित भएको आफूले पाएको केसीले बताइन। विकृति र विसंगतिले भरिएको पुरानो राजनीतिको परिभाषा बदल्ने राजनीतिक शक्ति आम नागरिकले खोजेको भन्दै केसीले यसपटक पोखरेली मतदाताले साझा पार्टीलाई नै बिजय गराउने विश्वास व्यक्त गरिन।

Write a Comment

Events