बिच्च बिच्चमा सहभागीका प्रश्न : उम्मेदवारको जवाफ भ्रष्टाचार गरे राजीनामा दिन्छौ
15-November-2019


गौरव त्रिपाठी 
पोखरा, २९ कात्तिक 

पर्यटन बोर्डको सभाहलमा शुक्रबार एका–एक  भरी भराउ भयो । दिसो १:३० बजे देखि नै मानीसहरुको अन्य दिन भन्दा चहल पहल बढी रहेको थियो । कोही आफुले उम्मेदवारलाई आफ्ना समस्या सुनाउन चहान्थे भने कोही उनीहरुका राजनीतिक तथा व्यक्तिगत प्रतिबद्धता गराउन चाहिरहेका थिए । 

अन्जना शर्मा शुक्रबार पोखरा पर्यटन बोर्डको हलमा भिडहरुलाई खै अलिकती भन्दै  अटोमेटिक ह्वीलचियरको सहायताबाट कार्यक्रममा पुगिन् । अन्जना आफु जस्तै  अपाङ्गता भएका व्यक्तीहरुलाई सरकारले कसरी समावेश गर्ला भन्ने लागेको छ ।  राज्यका विभिन्न निकायमा कसरी सहभागीता हुन्छ भन्ने नेताहरुको प्रतिबद्धताको खोजीमा उनी पर्यटन बोर्डमा पुगेकी थीइन् । 

आगमी मंसीर १४ गते कास्कीमा उपनिवार्चन हुदैँछ । कास्की क्षेत्र नम्वर २ चुनावी सरगर्मी बढीरहेको छ । राजनीतीक दलहरु आफ्ना मतदाताहरुसगँ मत माग्न घर दैलो गरिरहेका उम्मेदवारहरुलाई शुक्रबार पोखरामा एकै ठाउँमा ल्याउने काम नेपाल पत्रकार महासंघ कास्कीले गरेको हो । उम्मेदवारहरुसगँ संम्वाद कार्याक्रममा विभिन्न चरणमा उम्मेदवार तथा सरोकारवालाहरु सवाल जवाफ गरेर प्रतिवद बनाउन खोजेका छन् । 

कार्यक्रमको सुरुमा सोधियो–उम्मेदवारहरु कस्तो हुनुपर्छ ? 

नेकपाबाट उम्मेदवार रहेकी विद्या भटराईले भनिन्–“संविधान , निती नियम र ऐनमा टेकेर सांसदले आफ्ना आचरण गर्नुपर्ने हुन्छ, म त्यसैको लागि मैदानमा आएकी हुँ ।” आचरण व्यक्तीमा निहीत रहने भन्दै म कुनै पनि आचरण भन्दा बाहिर गएर केही काम गरेमा, जनताहरु सगँ गरेर गएको प्रतिदताहरु भुलेर बाटो बिराएमा जनकार्वाही भोग्न तयार हुने व्यक्ति नै खासमा उम्मेदवार हुन सक्ने धारणा राखिन् । 

समाजवादी पार्टीका धर्म गुरुङले भने इमान्दार हुनुप¥यो, सांसद जितेर गए पछि दिएको वचन पुरा नगर्दा आज भोली इमान्दारीताको खडेरी रहेको बताए । हाम्रो देश यस्तै पाराले बिग्रीएको उनको भनाई थियो । 


“सांसद भनेको सेवक हो, नेता भए भन्ने आडम्बर त्याग्न सक्ने व्यक्ति नै वास्तविक उम्मेदवार हो” साझा पार्टीका उम्मेदवार रजनी के.सीले बताइन् ।

बिच्च बिच्चमा सहभागिका प्रश्न 

बिच्च बिच्चमा सेसन अन्र्तगत सहभागीको प्रश्न लिने क्रममा सहभागी अन्जना शर्माले अपाङ्ग भएका किन सधै पछाडी परे भन्दै एउटा मात्रै प्रतिबद्धता खोजेको धारणा राखिन्

उनको प्रश्नमा नेकपाका प्रत्यासी भट्टराईले भनिन्–“अपाङ्गता भएका व्यक्तिलाई शारीरीक रुपमा हेर्ने दृष्टीकोण नकरात्मक छ, म आफै पनि अपाङ्गता भएको मान्छे हुँ । सबै नागरिकहरु सबै समान हुन् भन्दै अपाङ्गता भएकाहरु पनि नेतृत्वमा आउनुपर्छ ।” अपाङ्गता भएको मान्छे फरक तरीकाले सबल हो भन्दै अब अपाङ्गता मैत्री रुपमा  निती नियम बनाउने के.सीले बताइन् । 

 फोटो : अञ्जल गुरुङ, अर्जुन गिरी /  जक्सन डटकम

Write a Comment

Events