उम्मेदवारलाई पोखरेलीको प्रश्न : “पोखराको पर्यटन विकास कसरी हुन्छ ?”
17-November-2019

जक्सन डटकम
पोखरा, १ मंसिर
पोखरामा अहिले प्रत्येक चोक चोकमा कोण सभा हुन थालेको छ कहि उम्मेदवारले त कहि उम्मेदवारको पार्टीका भातृसंस्थाहरुले । सवै कोण सभामा स्थानियको उत्तिकै उपस्थित हुने गरेको छ । उपस्थिती हुनुको मुख्य उद्धेश्य उनिहरुका कुरा सुन्नु भन्दा पनि आफ्ना कुरा राख्न । पोखरा पर्यटकीय गतिविधीको मुख्य केन्द्र भएर पनि होला अधिकतमको चासो पर्यटनको क्षेत्रमा छ ।

त्यसोत अहिले गुणस्तिरिय पर्यटनको अवस्था निकै कमजोर भएको भन्दै त्यसलाई कसरी वढाउन सकिन्छ भन्दै विवेकशील नेपालीले समर्थन गरेको स्वतन्त्र उम्मेदवार जमुना शर्माले पोखराको लेकसाईडमा अन्र्तक्रियानै गरिन् । पर्यटनका क्षेत्रमा वैकको लगानी र राज्यको दोहोरो तेहोरो करका कारण व्यवसायीहरुले विकल्प सोच्न थालेको निश्कर्ष सो छलफलमा निस्कियो । वैकले १० प्रतिसतमा दिएको ऋण व्यवसायीलाई थाहै नदिई १८ प्रतिसत सम्म वनाउने गरेको धारणा राख्दै व्यवसाय मैत्री वैकिङ्ग कारोवारको पक्षमा वकालत गर्न आफ्नो उम्मेदवारी रहको धारणा राखिन् । उनले भनिन्–“म वैकसँग सिधै व्याजको पक्षमा विरोध गर्न त नसकुला तर पनि लगानी मैत्री व्याज नभएको विषयम सवै सरोकारवालासँग कुरा गर्न सक्छु ।” आश्वासन मुखी राजनीति भन्दा पनि व्यवहारमुखी राजनीतिमा आफ्नो जोड रहेको धारणा राखिन् । 


क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल वन्नु भनेको पर्यटनको आगमन वढ्नु हो भन्दै उनले अहिलेको संरचनाले पर्यटनको चाप लाई धान्न नसक्ने र अहिलेकै संरचनाले गुणस्तरीय पर्यटकको अपक्षा गनै पनि नसकिने उनको भनाई थियो । 
नेकपाका उम्मेदवार बिद्या भट्टराईको पर्यटन सँग सम्वन्धीत धारणा अलि फरक रहेको छ । समृद्ध कास्कीको अभियान पोखराको पर्यटनवाट मात्रै सम्भव हुने उनको भनाई छ । त्यसको लागि उनका आफ्नै श्रीमान, रविन्द्र अधिकारी पर्यटन मन्त्री हुँदा प्राथमिकतामा राखेर काम अगाडी वढेको क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल नै पोखराको पर्यटनको भविश्य रहेको पनि धारणा राखिन् । उनले भनिन्–“बिमानस्थलको संचालनपछि मात्रै देखिने गरि पोखराको पर्यटनको विकास हुन्छ ।” पोखरामा नया पर्यटकीय गतिविधी सुन्य वरावर भएकाले पनि गुणस्तरिय पर्यटकको आगमन नभएको भन्दै अव विकल्प खोज्नु पर्ने भन्दै आफुँलाई पर्यटन मैत्री उम्मेदवार भएको धारणा राखिन् । 


यता नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेल कास्कीका पर्यटकीय स्थलको संरक्षण र प्रर्वद्धन गर्नु पर्नेमा जोड दिन्छन् । उनि भन्छन् –“पोखराको पर्यटन भनेको लेकसाईड मात्रै होईन सराङ्कोट र काहुँको टाकुरा पनि हो दैनिक त्यहा पनि दृश्यावलोकनक लागि हजारौ जाने गरेका छन् ।” उनले पोखरा आसपासका पर्यटकीय सम्भावना भएका क्षेत्रहरुलाई पनि जोडेर ग्रेटर पोखराको सोचमा पर्यटकीय क्षेत्र बढाउन अनुरोध गरे । आफ्नो उम्मेदवारी पनि सवै सम्भावित क्षेत्रको समान विकासका लागि भएको धारणा राखे । पर्यटनलाई गाँउ गाँउमा विस्तार गर्न सकेमा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा पनि कमी आउने उनको भनाई रहेको थियो । 


समाजवादी पार्टीका उम्मेदवार ईन्जिनीयर धर्मराज गुरुङ्गले पोखराको पर्यटनलाई देशको अर्थतन्त्रमा जोड्ने हो भने पर्यटन व्यवसायीलाई सस्तो व्याजदरमा ऋण प्रवाह गर्नु पर्ने धारणा राखे । पर्यटन मात्रै भनेर पोखरामा पर्यटक नआउने उनको भनाई छ  । उनले भने–“पर्यटकलाई वोलाउन अहिले भएका भन्दा फरक खालका केही गतीबिधीहरु हुन जरुरी छ , अव सँधै हिमाल र फेवाताल मात्रै हेर्ने पर्यटकले अर्थतन्त्रमा सहयोग पुग्दैन ।” पोखरालाई साच्चिकै पर्यटकीय राजधानी वनाउनका लागि पोखरा आसपासका क्षेत्रमा हुने कला संस्कृती र संस्कारलाई पनि पर्यटनमै जोड्नका लागि आफ्नो उम्मेदवारी रहेको पनि उनले जानकारी दिए । 


 साझा पार्टीकी उम्मेदवार रजनी केसीले समृद्धीको लागि पोखरा मात्रै होईन नेपालमै पर्यटनको विकल्प नभएको धारणा राख्छिन् । उनले भनिन्–“हामी जुन अवस्थामा छौं यो अवस्था देखि भोली सम्म पर्यटन वाहेक अरुवाट हामीले सोचे जस्तो समृद्धि ल्याउन सक्दैनौ ।” समग्र अर्थतन्त्रका मुल खम्वा नै पर्यटन हो भन्ने कुरा हामीले विर्सनु हुदैन र त्यसैको लागि आफ्नो उम्मेदवारी रहेको पनि उनको भनाई थियो । त्यसोत सरकारी स्तरवाट पनि आवस्यक पुर्वाधारमा लगानी गर्नु पर्ने र नेपालमा अन्तराष्ट्रिय गेट वेहरुको निर्माणमा पनि सरकारको ध्यान जानु पर्ने उनको भनाई छ । 
 

 

Write a Comment

Events