प्रधानमन्त्रीले भने,‘जिद्दी नदेखाई वार्तामा बस्छु’
17-November-2015

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार हुने मधेसी मोर्चासँगको वार्तामा आफू लचिलो भएर प्रस्तुत हुने बताएका छन् । ‘नेपाली दाजुभाई दिदीबहिनीहरुले दुःख पाइरहनु भएको छ, यो पाखुरा सुर्कने वेला होइन, अरुसँगको कुरा होइन, आफ्नाभित्रको कुरा हो’, राजधानीको कमलपोखरीमा मंगलबार साँझ छठपूजापछि प्रधानमन्त्रीले भने,‘म साथीहरुलाई अहंकार र जिद्दी नराखीकन आत्मीय ढंगले वार्तामा बस्न आग्रह गर्दछु । म पनि कुनै जिद्दी राख्दिनँ ।’

प्रधानमन्त्रीले बुधबारको वार्तालाई निष्कर्षमा पुर्याउन आफूले पनि सकारात्मक भूमिका खेल्ने जानकारी दिएको आजको कान्तिपुर दैनिकले खबर लेखेको छ ।

Events
Random Picks