सनातन हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था राप्रपाको मुटु– भण्डारी
20-November-2019


जक्सन डटकम
पोखरा, ४ मंसिर 
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले घरदैलो अभियानलाई तिव्र बनाउँदै लगेको छ । कास्की क्षेत्र नं। २ को प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनको तिथि नजिकन थालेपछि राप्रपा कास्कीले चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिएको हो ।नेपालको एक मात्र देशभक्त राष्ट्रवादी पार्टीका उमेदवार रोम बहादुर भण्डारी सहित नेता तथा कार्यकर्ताहरु बिहानैदेखि घरदैलोमा जुटिरहनु भएको छ ।बुधबार पोखरा वडा नं। १७ को घरदैलो कार्यक्रममा बोल्दै राप्रपा उम्मेदवार भण्डारीले सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था राप्रपाको मुटु भएको बताउँदै सकारात्मक परिवर्तनको लागि राप्रपालाई मत दिन आग्रह गर्नुभयो ।


उहाँले भन्नुभयो, परिवर्तन सम्भव छ, सवल र समृद्ध नेपालको लागि गाई चिन्हमा मतदान गरी राप्रपालाई जिताउन आग्रह गर्नुभयो ।घरदैलो कार्यक्रममा प्रदेशका अध्यक्ष हेमजंग गुरुङ, पार्टीका उपाध्यक्ष तोरण बहादुर गुरुङ, सहायक महामन्त्री मदन बहादुर कार्की, केन्द्रीय सदस्यहरु डा।भिमसेन गुरुङ, जयलाल पुन, कुल बहादुर गुरुङ कुलु, शिव प्रसाद चालिसे, बरुण बिक्रम राणा, सिता खड्का, जिल्ला अध्यक्ष महेन्द्र कार्की, जिल्लाका पदाधिकारीहरु, प्रदेशका नेता तथा कार्यकर्ता सम्मिलित टोलीले सो क्षेत्रमा घरदैलो अभियान सम्पन्न गरेको राप्रपाका प्रचार प्रसार समिति संयोजक सूर्य बास्तोलाले बताउनुभयो 


बुधबार भजनकीर्तन सहितको घरदैलो कार्यक्रम विरौटा, घारीपाटन, हनुमानटोल, छोरेपाटन लगायतका टोल टोलमा पुगेको थियो । बिहीवार पोखरा वडा नं। ११ को विभिन्न भागका घरदैलो तथा चुनावी कोणसभा हुने निर्वाचन समिति संयोजक तथा केन्द्रीय सदस्य जयलाल पुनले बताउनुभयो ।

Write a Comment

Events