मोर्चाका कार्यकर्तालाई चुरे भावरले ढुंगा हानेर राजमार्गबाट लखट्यो
24-November-2015


सर्लाही, ९ मंसिर– आन्दोलनलाई सशक्त बनाउन भन्दै पूर्वपश्चिम राजमार्ग अवरोध गर्न आएका मधेसी मोर्चा नेता तथा कार्यकर्तालाई चुरे भावर राष्ट्रिय एकता पार्टी समर्थकले मंगलबार ढुंगा हानेर तितरबितर पारेका छन् ।

राजमार्ग अवरुद्ध गर्न नदिने चुरे भाववरले घोषणा गरेका कारण झडपको सम्भावना रहेको भन्दै मोर्चा बसेको स्थानलाई तीनतिरबाट घेरा हालेका थिए । चुरे भावर कार्यकर्तालाई प्रहरीले फूलजोर पुलभन्दा पश्चिम जान दिएन । राजमार्गमा रोके पनि भावर कार्यकर्ता नदीको बगर हुँदै मोर्चा बसेको स्थान नजिक पुगेर ढुंगा हानेको थियो ।

ढुंगामुढापछि मोर्चा सबै कार्यकर्ता भागाभाग गरेका थिए । ढुंगा हानेलगत्तै प्रहरीले लाठीचार्ज गरेको थियो । मोर्चा र चुरे भावन दुवैतर्फ लाठीचार्ज गर्दा धेरै घाइते भएका छन् ।

संघीय समाजवादी फोरम जिल्ला अध्यक्ष अशोक यादव पनि घाइते भए । दिउँसो करिब १ बजे मोर्चा सडकमा धर्ना दिन बसेको थियो । एक घण्टापछि नै भावर कायर्ककर्ताले ढुंगा हानको थियो ।
–कान्तिपुर दैनिकबाट

Write a Comment

Events
Random Picks