तराईका १५ जिल्ला भारतमा मिलाउन नेपालसँग लडाईं गर्ने भाजपा सांसदको धम्की
25-November-2015

काठमाण्डु, ९ मंसिर– नेपालमा नाकाबन्दी जारी रहेकाबेला सत्तारुढ भारतीय जनता पार्टीका एक सांसादले नेपालको १५ जिल्ला भारतमा गाभ्नुपर्ने विवादास्पद अभिव्यक्ति सार्वजनिक भएको छ ।

 भाजपा सांसद कीर्ति आजादले नेपालको तराई क्षेत्रका १५ जिल्ला भारतले खोस्नुपर्ने अभिव्यक्ति दिएका हुन् । त्यससम्बन्धी समाचार भारतीय पत्रिका दैनिक जागरणमा छापिएको छ ।

आजादले ती जिल्ला पहिले भारतले नेपाललाई दिएको र अहिले फिर्ता लिने बेला आएको उल्लेख गरेका छन् । ‘पहिला अंग्रेजले १५ जिल्ला भारतबाट छुट्याएर नेपाललाई दिएको थियो’, उनले भनेका छन्, ‘अब नेपालले सो भूमि भारतलाई फिर्ता दिनुपर्छ ।’

आजादले नेपालका १५ जिल्ला भारतमा मिलाउन आवश्यक परे आफूहरु लडाईं लड्न समेत तयार रहेको घोषणा गरेका छन् । आफूले त्यसबारे संसदमा कुरा उठाउने र सजिलै लिन नसकिए १५ जिल्लाका लाडि लडाईं लड्ने उदघोष उनले गरेका छन् ।

‘हामी दिल्लीको संसदमा यो कुरा उठाउँछौं’, उनले भनेका छन्, ‘यदि नेपाल हामीलाई तराईका १५ जिल्ला दिन तयार भएन भने कसरी खोसेर लिनुपर्छ हामीलाई थाहा छ ।’

Events
Random Picks