सुटिङको दौरान झुक्याएर किस गरेपछि सौगात मल्ललाई झापड हानेँ : रिस्मा
30-November-2015

जक्शन डटकम, मंसीर १४ । बिहीबार पोखरा सिनेप्लेक्समा प्रिमियर गरिएको चलचित्र  'कबड्डी कबड्डी' फिल्मकी अभिनेत्रीले सुटिङको दौरान अभिनेता सौगात मल्ललाई सबैसामु झापड हानेको रहस्य खोलेकी छिन्। झुक्याएर किस गरेपछि उनलाई झापड हानेको अभिनेत्री रिस्मा गुरुङले बताएकी हुन्।

कबड्डी कबड्डी' को स्क्रिप्ट पढ्दा किसको दृश्यबारे जानकारी भएपछि निर्देशक राम बाबु गुरुङलाई सो दृश्य हटाउन आग्रह गरेको उनले बताइन्। 'मैले राम दाईलाई यो दृश्य हटाउन आग्रह गरेको थिए। उहाँले पनि मलाई किसको दृश्य नसमेट्ने भन्नु भएको थियो। उहाँलाई यो दृश्यप्रति मेरो आपत्ति हुन्छ भन्ने थाहा रहेछ,'उनले भनिन्, 'सुटिङको दौरान अभिनेता मल्लले सबैसामु किस गरे। मैले झापड हान्दिएँ।'
आपत्ति जनाउँदै अभिनेता मल्लको गाला चड्काएको देखेपछि सुटिङमा सहभागी सबैले हाँसेको उनले बताइन्।

रामबाबु गुरुङ निर्देशित चलचित्रलाई निकै आशलाग्दो चलचित्रका रुपमा हेरिएको छ। ‘कबड्डी’ को सिक्वेलका रुपमा दर्शक माझ आएको यस चलचित्रले बिशेषत त्रिकोणात्मक प्रेमलाई आफ्नो कथाबस्तु बनाएको छ । रिश्मा गुरुङ, सौगात मल्ल र दयाहाङ राइको लिड रोल रहेको यस फिल्मलाई दर्शकको राम्रो साथ मिल्ने चलचित्र युनिटको दाबि छ । 
गतवर्ष रिलिज भएको 'कबड्डी'मा मैयाँको भूमिकाबाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री गुरुङ हाल पोखरामा बसेर फिल्मको प्रचार गरिरहेकी छिन्। हाल उनी 'झुम्की' फिल्मको सुटिङमा व्यस्त छिन्।

 

 

Write a Comment

Events
Random Picks