अन्तिममा भारतले नै मधेसी दललाई धोका दिने संकेत
5-December-2015

काठमाडौं, २० मंसिर– सीमांकन विवाद तीन महिनाभित्र हल गर्ने गरी जारी आन्दोलन रोक्नुपर्ने भारतीय संस्थापन पक्षको सुझाव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्विकार गरेको छ ।
भारतीय संस्थापन पक्षले नेपालका लागि राजदूत रन्जित रेमार्फत दिएको सुझावलाई मधेसी मोर्चाका शीर्ष नेताले अस्विकार गरेका हुन् । यद्यपी भारतीय संस्थापनको सुझाव र मोर्चाको असहमति कायमै रहेका बेला मोर्चाका प्रमुख नेता भने दिल्ली पुग्दैछन् ।

भारतीय राजदूत रेले शुक्रबार दूतावासमै मोर्चाका नेताहरूलाई बोलाएर प्रमुख तीन दलबाट मधेस आन्दोलनलाई सम्बोधन गर्न भन्दै आएको साझा धारणालाई स्वीकार गर्न ‘सुझाव’ दिएका थिए ।

तर, मोर्चाका शीर्ष नेताले परिमार्जनसहितको संविधान संशोधन लगायतको भारतीय सुझावलाई स्वीकार गरे पनि राजनीतिक समिति गठन गरी तीन महिनाभित्र सीमांकन विवाद हल गर्ने विषयलाई भने तत्कालका लागि अस्वीकार गरेका हुन् ।

–नागरिक दैनिकबाट

Write a Comment

Events
Random Picks