नेपालबारे दिल्लीमा रिपोर्टिङ गर्न पाउँदा मधेसी नेताहरु आफूलाई भाग्यमानी ठान्छन्
5-December-2015

नयाँदिल्ली, २० मंसिर– मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष एवं पूर्वसञ्चारमन्त्री राजकिशोर यादव शनिबार दिउँसो करोलबागको एउटा होटलमा भेटिए, जो भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्तापछि अरू वरिष्ठ तहका मन्त्री तथा मिलेमा प्रधानमन्त्रीसँगको भेटको टुंगो पर्खिरहेका थिए ।

अर्को चरणमा विदेशमन्त्री स्वराजसँगको भेट्ने संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेकप्रताप शाहले मधेसी मोर्चाको एजेन्डा र अबको सरोकारबारे दिल्ली आएर सुनाउन पाए । ‘अघोषित नाकाबन्दीमा भारतको कुनै हात छैन’ भन्ने तहको धारणा सुनाउन यो साता मधेसी मोर्चाका वरिष्ठ नेताहरू दिल्लीमा सभा–समारोहमा व्यस्त देखिन्छन् ।

‘मधेस आन्दोलनको अपडेट लिन र सम्बोधन हुन नसकेको समस्यामा सरोकार जनाउन हाम्रो गठबन्धनलाई पनि दिल्ली बोलाइएको हो,’ यादवले खुलेरै भने, ‘मैले पनि मधेसको धरातलीय स्थिति सम्झाउने मौका पाएको छु ।’
मन्त्री स्वराजसहित भारतीय जनता पार्टीका महासचिव राममाधव र भाजपा नेता विजय शर्मासँग एक घण्टा लामो भेटवार्ताका क्रममा भर्खरै दिल्ली फिरेका परराष्ट्रमन्त्री कमल थापाको ‘मनोदशा’ बारेमा पनि आफूले धेरै कुरा थाहा पाएको यादवले बताए ।

–कान्तिपुर दैनिकबाट

Write a Comment

Events
Random Picks