उपसभामुखदेखि सुरेन्द्र पाण्डेसम्म पुगे भारतीय दूतावास, क–कसले खाए दिवाभोज ?
11-December-2015

काठमाडौं, मंसिर २५ । भारतीय राजदूत रणजित रायले विभिन्न दलका नेताहरुलाई शुक्रबार काठमाडौंस्थित दूतावासमा दिवाभोज आयोजना गरे ।

दिवाभोजमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष दल तथा मधेसी दलका सांसदहरु सहभागी थिए ।

दिवाभोजमा जानेहरुमा उपसभामुख गंगाप्रसाद यादव, नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, आनन्ददेव ढुंगाना, अमरेशकुमार सिंह थिए भनेएमालेबाट सुरेन्द्र पाण्डे, वंशिधन मिश्रलगायत थिए ।

यस्तै, दिवाभोजमा जानेहरुमा एमाओवादीका प्रभु साह, रविन्द्रप्रताप शाह, राप्रपाका दीपक बोहरा, जयन्त चन्द, राप्रपा नेपालका दिलनाथ गिरी, सुशिल श्रेष्ठलगायत सहभागी रहेका थिए । 

Write a Comment