महाभूकम्पका कारण दुई दूतावास सरे अन्तराष्ट्रिय सहयोग नियोग पनि प्रभावित
20-May-2015

काठमाडौं, जेष्ठ ६ - महाभूकम्पले नेपालस्थित केही कूटनीतिक नियोगलाई समेत विस्थापित गरेको छ । ललितपुरको एकान्तकनाको स्विस दूतावास हाल मानभवनमा आफ्नै परियोजना रहेको एक भवनमा सरेको छ ।

त्यस्तै, पुल्चोकको संचयकोष भवनमा रहेको मलेसियाली दूतावास पनिभवन चर्किएपछि ललितपुरसानेपामासरेको छ ।दुवै दूतावासले पूर्ण रुपमा काम गर्न थालेका छन् ।

दुवै दूतावासले आफ्ना भवन काम नलाग्ने भएकाले सर्नुपरेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् । मन्त्रालयका अनुसार दुई दूतावास बाहेक अन्य दूतावास सर्नु परेको छैन् ।

भाडामा बसेका दूतावासहरुले पनि आंशिक क्षति भएकाले मर्मत थालिएको जानकारी पठाएको परराष्ट्र अधिकारीहरुले बताएका छन् । अमेरिका, जापान, फ्रान्स, जर्मनी, इजरायल, फिनल्याण्ड, बेलायत, अस्ट्रेलिया लगायतका केही दुतवासमा भने कुनै क्षति भएको छैन ।

भारतीय दूतावासका पुराना भवनहरु चर्किएको र पर्खाल ढलेरभित्र काम गर्नेहरु घाइते भएको बताइएको छ । राजदूत रणजित रायको निवासमा समेत केही क्षति पुगेको जानकारी परराष्ट्र अधिकारीले दिए ।

राणाकालमानिर्मित भवनमा बसेको स्विसदूतावास सरेपनि उसले कन्सुलर सेवा भने त्यही भवनबाट दिइरहेको छ । त्यससँगैका परियोजनाकाकार्यालय पनि त्यहाँबाट अन्यत्र सारिएका छन् ।

दूतावासले भुकम्प जानुअघि नै नयाँ भवन बनाउने तयारी गरिरहेको थियो । स्वीस दूतावासका अधिकारी छेवाङ नुडुपका अनुसार जतिसक्दो छिटो पुरानैस्थानमा भवन बनाएर पूर्ववर्ती अवस्थामा फर्कने तयारी छ । सन्चयकोष भवनमा रहेका अन्य विदेशी कार्यालयहरु जाइका, राष्ट्रसंघका केही कार्यलय पनि सार्नु परेको अधिकारीहरुले बताए ।

बेलायत, फ्रान्स, अस्ट्रेलिया, क्यानडा लगायतको भिसाको काम गर्दै आएको भिएफएस कम्पनी रहेको नक्सालस्थित भवन पनि क्षति भएकाले त्यहाँबाट भिसाको काम हुन सकेको छैन् । भिसाको काम नहुदा ती मुलुक जाने नेपालीहरुलाई समस्या परेको छ ।

बेलायती दूतावासले जतिसक्दो छिटो भिसा प्रक्रिया अघि बढाउन आफूहरुले काम गरिरहेको बताएको छ । भिएफएसले याक एण्ड यति होटलमा बसेर केही घण्टा काम गरी पुराना फर्महरु पठाउने र अत्यावश्यक रहेकालाई सेवा दिनै जनाएको छ ।

 

Events
Random Picks