'विहारीलाई सेनामा किन लिदैंन भारतले'
15-December-2015

मंसीर २८, बारा । एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारत सरकारले विहारवाट भारतीय सेनामा भर्ति नलिएर विभेद  आफ्नै जनताहरुलाई विभेद गर्ने गरेको बताएका छन् ।

सोमवार वाराको सिमरामा पार्टी कार्यकर्ताहरुको भेलामा वोल्दै नेपालले उक्त कुरा वताएका हुन् । नेपालले भने “नेपालको संविधान भारतको भन्दा पनि समावेशी र प्रगतिशील छ । नेपालको संविधानले मधेशी, आदिवासी, महिला लगायतका समुदायलाई दिएको अधिकारहरुको अध्ययन नै नगरी भारतीय मिडिया र केही सरकारी कर्मचारी र केही नेताहरुले अफवाह फैलाइरहेका छन् ।”

उनले केही मधेशी नेताहरुले ५० लाखको लोभ देखाएर आन्दोलनमा मर्न उक्साएको आरोप लगाउँदै भने “५१ लाख दिन्छौं, ती नेताहरुले आफ्ना छोराछारीहरुलाई आन्दोलनमा पठाओस् ।”

तराई आन्दोलनका औचित्य नभएको र यसले तराईमा विकास भैरहेका उद्योगहरु वन्द गराई मधेश कै जनतालाई वेरोजगार वनाएको पनि आरोप लगाए ।