आफूलाई मेधसको मसिहा ठान्ने पूर्वमन्त्री अनिल झा पनि जनता लुट्ने पेट्रोल पम्पवालाहरुको ग्याङमा
16-December-2015

काठमाण्डु, २ पुस– तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री अनिल झाको समेत मिलेमतोमा पेट्रोलपम्पहरूले ठगी गर्दै आएको खुलेको छ । पटक–पटक मन्त्री बनेका झा नेपाल सद्भावना पार्टीका अध्यक्ष हुन् ।

प्रहरी अनुसन्धानमा गुणस्तर तथा नापतौल विभागका तत्कालीन महानिर्देशक रामआधार साहले झासँगै मिलेर ठगी गरेको खुलासा भएको हो । आइतबार पक्राउ परेका साहविरुद्ध मुद्दा दायर भइसकेको छ । सहसचिव साह हाल विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।

‘सहसचिव महानिर्देशक हुने कार्यालयमा तत्कालीन मन्त्री झाले उपसचिव रहेका साहलाई निमित्त महानिर्देशक बनाएर पठाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘पक्राउ अभियुक्त तथा विभिन्न व्यक्तिसँग बुझ्दा मन्त्री तत्कालीन महानिर्देशक साह मिलेर ठगी गरेको बुझिएको छ । नयाँ पत्रिकाबाट

Write a Comment

Events
Random Picks