यस्तो छ मोर्चाको अबको रणनीति
19-December-2015

काठमाडौं – लामो समयदेखि सीमांकनलगायत संविधानका विषयमा असहमति जायर गर्दै मधेसमा आन्दोलनरत मधेसकेन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम र रणनीति सार्वजनिक गरेका छन् ।

मोर्चाले शुक्रबार सार्वजनिक गरेका आन्दोलनका थप कार्यक्रममा सरकारलाई दबाब दिने रणनीति उपयोग गर्न लागेको देखिन्छ । स्वयं मोर्चाका नेताहरु सरकारलाई दबाब दिन नयाँ कार्यक्रम तय गरिएको बताउँछन् । ‘शीतलहरसँगै धान थन्क्याउने र गहुँ छर्ने बेला भएको छ । यसले आन्दोलन सशक्त रुपले जान सक्ने अवस्था छैन । त्यसैले नयाँ रणनीतिमा छौं,’ मोर्चाको वार्ताटोली सदस्य रामनरेश रायले भने ।

सरकारले ठोस प्रतिवद्दतासहित बोलाएको अवस्थामा वार्तामा सहभागी हुने मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।

तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले आन्दोलनमार्फत सरकारलाई निरन्तर दबाब दिने बताए । मोर्चाले सरकारी कार्यक्रम बिथोल्ने प्रतिरोध गर्ने उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Events
Random Picks