जोगवनी नाकाबाट राजेन्द्र महतो पक्राउ
26-December-2015

पुस ११ काठमाडौं– मोरङको विराटनगरस्थित जोगवनी नाकाबाट  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पक्राउ परेका छन् । प्रहरीले उनलाई जोगबनी नाकाबाट पक्राउ गरेको हो ।

हिजो वीरगञ्जबाट विराटनगर पुगेका  महतो आज भारतसँगको सीमानाका जोगबनीमा धर्ना बस्न पुगेका थिए । तर, त्यहाँ धर्ना प्रहरीले अवरोध  गरेको थियो । प्रहरीले हस्तक्षेप गरेर धर्नास्थल खाली गराउन खोज्दा  आन्दोलनरत पक्ष र प्रहरीबीच झडप समेत भएको   छ ।

Write a Comment

Events
Random Picks