कोइरालालाई छाड्नेको लर्को, क–कसले छाडे साथ ?
1-January-2015

 

काठमाडौं – नेपाली कांग्रेसको १३औं महाधिवेशनको तिथि नजिकिएसँगै सभापति सुशील कोइरालाले नेतृत्व गरेको संस्थापन समूहभित्रको असन्तुष्टि छताछुल्ल हुन थालेको छ । कोइराला क्याम्पभित्रको असन्तुष्टिकै कारण वरिष्ठ नेता शेरबहादुर देउवातिर नेतारकार्यकर्ता निकै आकर्षित हुन थालेका छन् ।
महाधिवेशनको संघारमा १२औं महाधिवेशनपछि सभापति कोइरालाले मनोनीत गरेका केही केन्द्रीय सदस्य संस्थापन समूह त्यागेर नेता देउवाको क्याम्पमा पुगेका छन् ।

स्रोतका अनुसार कोइरालासँग निकै निकट रहेका केही नेता अहिले वरिष्ठ नेता देउवासँग निकट हुन पुगेका छन् । उनीहरू देउवा पक्षीय नेताहरूको भेलामा जाने, नयाँ बानेश्वरस्थित देउवाको सम्पर्क कार्यालयमा उपस्थिति हुने र गोप्य रणनीतिक बैठकहरूमा समेत उपस्थिति भई कोइराला क्याम्पलाई कमजोर बनाउने रणनीति तय गर्ने गरेको स्रोतको भनाइ रहेको छ ।

सभापति कोइरालाद्वारा मनोनीत गरिएका केन्द्रीय सदस्यद्वय श्याम घिमिरे र केशवकुमार बुढाथोकी संस्थापनलाई त्यागेर देउवा क्याम्पमा पुगिसकेका छन् । घिमिरे सिन्धुली र बुढाथोकी झापाका प्रभावशाली नेता हुन् । यसैगरी, चन्द्र भण्डारी र मानबहादुर विश्वकर्माले कोइराला क्याम्प छाडिसकेका छन् । उनीहरू पनि अहिले देउवा क्याम्पसँग निकट भएका हुन् । अर्घाखाँचीका विश्वकर्मा अघिल्लो महाधिवेशनमा दलित कोटाबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । आजको राजधानी दैनिकमा खबर छ ।

Write a Comment

Events
Random Picks