रक्सौलमा आन्दोलनकारी छैनन्, तर कसरी भयो नाका ठप्पै
13-January-2016

वीरगन्ज, ३० पुस– वीरगन्ज नाकास्थित धर्नास्थलमा बुधबार अपराह्न ६ जना बसिरहेका थिए ।

तीमध्ये चार जना त्रिपालमा र दुई साधु मधेसी मोर्चाको ब्यानरमुनि आगो तापिरहेका थिए । आवागमन अवरुद्ध पार्न मूल सडकमा तेस्र्याइएका बाँसमुनिबाट पैदल यात्रु, साइकल र मोटरसाइकल ओहोरदोहोर गरिरहेका देखिन्थे ।

छठ पर्वयता धर्नामा बस्ने आन्दोलनकारीको संख्या न्यून बनेको छ । तर, रक्सौल भन्सारका कर्मचारीले सीमा अवरुद्ध रहेकाले मालवाहक सवारी साधन

पठाउन नसकिएको बताउँदै आएका छन् । तिनै कर्मचारीले खुद्रा सामान भने निर्बाध आउन दिइरहेका छन् ।
कान्तिपुर दैनिकबाट

Write a Comment

Events