सरकारमा बस्दा काँग्रेसले कमायो ९ करोड !
13-January-2016

काठमाण्डु, ३० पुस– व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पछिल्लो आर्थिक वर्षमा झन्डै नौ करोड आम्दानी गरेको छ ।

निर्वाचन आयोगमा कांग्रेसले बुधबार बुझाएको आर्थिक वर्ष २०७१÷०७२ को आम्दानी खर्च विवरणअनुसार ८ करोड ५४ लाख १३ हजार ५ सय ८५ रुपैयाँ १६ पैसा आम्दानी देखाएको हो ।

कांग्रेसले अघिल्लो आर्थिक वर्षमा ३ करोड ९ लाख १२ हजार ८ सय ६६ रुपैयाँ ६० पैसा आम्दानी देखाएको थियो । जुन गत वर्षभन्दा ५ करोड ४५ लाख ७ सय १९ रुपैयाँ बढी छ ।
नागरिक दैनिकबाट

Write a Comment

Events
Random Picks