मृत अवस्थामा भेटेको विदेशी पर्यटकको लाश अझै सनाखत हुन सकेन
10-February-2016


पोखरा, २७ माघ ।
बेगनासतालमा मृत भेटिएकी विदेशी नागरिकको अझै सनाखत हुन सकिरहेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालका अनुसार ती विदेशी महिलाको मृत्युको कारण अझै खुल्न सकेको छैन । एसपी पालले भने–‘ मंगोलियन अनुहारकी ती युवतीको शरिरमा त्यस्तो कुनै चोटपटक देखिदैंन । कसरी बेगनास तालमा डुब्न पुगिन् ? वा के भएको भन्ने बारेमा अनुसन्धान भने जारी छ ।’

एसपी पालका अनुसार वेगनास ताल वरपर रहेका होटलदेखि पर्यटकहरु घुम्न जाने र बस्ने ठाउँहरुमा समेत सोधखोज भईरहेको भएपनि अझैसम्म ती युवतीको बारेमा थप जानकारी आउन सकेको छैन । ती युवतीको शब वेगनासतालको डुँगाघाट नजिकै वल्छी खेल्ने टुँडो र ताल घुसेको ठाउँ अर्थात् दोस्रो टुँडोमा भेटिएको थियो । जहाँ मानिसहरु सहजै आवात–जावत गर्न सक्ने ठाउँ भने नभएको स्थानीयवासीले बताए । विहान करिब १०ः३० बजे डुंगामा सयर व्यक्तिहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । source :डन न्यूज 

Write a Comment