‘नीरजा’को व्यापारले उत्साहित सोनमको यस्तो फेसन
21-February-2016

बलिउड नायिका सोनम कपुर अहिले चलचित्र ‘नीरजा’को व्यापार र प्रतिक्रियाले उत्साहित छिन् । उनको आजसम्मको करिअरकै उत्कृष्ट भनिएको यो चलचित्रले दुई दिनमा करिब १२ करोड कमाईसकेको छ ।

आजसम्म यो चलचित्रले २० करोड माथिको व्यापार गर्ने अपेक्षा गरिएको छ । उनै सोनम नीरजा भनोटको जिन्दगीमा आधारित रहेर तयार पारिएको पुस्तक ‘द नीरजा आई नो’ सार्वजनिक कार्यक्रममा पुगिन् ।

उनले यो चलचित्रमा काम गर्दाको आफ्ना रमाइला क्षणहरु पनि साटेकी थिइन् । बलिउडमा फेसन क्विन मानिने सोनम यो कार्यक्रममा पुग्दा पनि नयाँ शैलीको पहिरनमा थिइन् ।

 

Events
Random Picks